एजेन्सी ।
कार्लो एन्सेलोटी ब्राजिलको मुख्य फुटबल प्रशिक्षक बन्ने भएका छन् । एन्सेलोटीले २०२४ को कोपा अमेरिकाबाट २०२६ को फिफा विश्वकपसम्म टिमको जिम्मेवारी सम्हाल्ने स्पेनिस पत्रिका मार्काले जनाएको छ। एन्सेलोटीले सन् २०२४ को कोपा अमेरिकाका लागि ब्राजिलको प्रशिक्षण सम्हाल्ने बताइएको छ। स्पेनिस् जाइन्ट रियल मड्रिडसँगको सम्झौता यही वर्ष अर्थात् सन् २०२३ मा पूरा गरेर उनले ब्राजिल राष्ट्रिय फुटबल टिमको जिम्मेवारी लिने भएका हुन् । ६४ वर्षीय प्रशिक्षक एन्सेलोटीले करिअरमा पहिलो पटक राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्न लागेका हुन।
यसअघि उनी एक पटक इटालीको राष्ट्रिय टिममा सहायक प्रशिक्षकको भूमिकामा थिए । फिफा विश्वकप २०२२ मा क्वाटरफाइनलमा क्रोएसियासँग पराजित हुँदै बाहिरिएपछि ब्राजिलको मुख्य प्रशिक्षक छाडेका टेटेको स्थान एन्सेलोटीले लिने छन् । एन्सेलोटीले जिम्मेवारी लिँदासम्म ब्राजिलले फ्लुमिनेसका मुख्य प्रशिक्षका फर्नान्डो डिनिजलाई अन्तरिम प्रशिक्षक बनाएको छ । एसी मिलानमा पूर्व खेलाडी एन्सेलोटीले रियल मड्रिड, चेल्सी, पेरिस सेन्ट जर्मन ९पीएसजी० जस्ता सफल क्लबको प्रशिक्षण गराइसकेका छन् ।