spot_img
spot_img
spot_img

चीनमा भारी वर्षाका कारण लाखौं मानिस प्रभवित

spot_img

एजेन्सी।

चीनमा लगातारको भारी वर्षाका कारण केही घरहरु भत्कनुका साथै बाढीले नदी किनारका घरहरु बगाएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार छोङछिङ शहरका दर्जनौं घरहरु वर्षाले भत्किएका हुन। वर्षाको पानी घरघरमा पस्दा थुप्रै मानिसहरु घरभित्रै थुनिएका छन। सिछुआन प्रान्तमा मात्रै ४ लाख ६० हजार बढी सर्वसाधारण बाढीबाट प्रभावित भएका छन। वर्षा प्रभावित लाखौंलाई सुरक्षित स्थानतर्फ सारिएको छ। चीन सरकारले भारी वर्षासँगै बाढीपहिरो आउन सक्ने भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन अपील जारी गरेको छ। भारी वर्षाले सवारी साधनहरु बीचमै अड्किंदा यातायात सेवामा पनि असर परेको छ। चीन सरकारले सिछुआन प्रान्तका २६ वटा क्षेत्रलाई बाढीको उच्च जोखिम क्षेत्र भन्दै चेतावनी जारी गरेको छ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img