spot_img
spot_img
spot_img

मनसुन सुरु भएयता बाढी पहिरोमा परी २४ जनाको मृत्यु, २५ बेपत्ता

spot_img

काठमाडौं ।

मनसुन सुरु भएयता नेपालमा बाढीपहिरोबाट हालसम्म २४ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता भएका छन। गृह मन्त्रालय अन्तर्गत रहेको पूर्वतयारी तथा प्रतिकार्य शाखाले दिएको जानकारी अनुसार पहिरोबाट हालसम्म १५ जनाको मृत्यु र ५ जना बेपत्ता तथा १३ जना घाइते भएका छन । शाखाका अनुसार अहिलेसम्म बाढी–पहिरोबाट ४ करोड ८० लाख बराबर क्षति भएको छ । पहिरोबाट मृत्यु हुनेमा पुरूष ११ जना र महिला ४ जना रहेका छन्। पहिरोबाट ४५४ घर परिवार प्रभावित भएको जनाईएको छ । यस्तै, बाढीबाट ९ जनाको मृत्यु भएको छ ।

२० जना बेपत्ता रहेको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । बाढीबाट मृत्यु हुनेमा पुरूष ५ जना, महिला ३ र पहिचान हुन नसकेको १ जना रहेको गृहमन्त्रालयले जानकारी दिएको छ । बाढीबाट ११२ घर परिवार प्रभावित भएका छन । बाढीबाट ४ करोड ६६ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको मन्त्रालयले आँकलन गरेको छ । त्यस्तै,पहिरोबाट १३ लाख ४१ हजार ५०० रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ भने अहिलेसम्म संखुवासभामा बाढीपहिराले बढी क्षति पुर्‍याएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img