spot_img
spot_img
spot_img

चट्याङ लागेर एक जनाको मृत्यु, २ घाईते

spot_img

झापा ।

झापामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गौरीगञ्ज गाउँपालिका ६ निवासी १५ वर्षीय बालक विजय सरदारको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै, चट्याङ लागेर अन्य दुई जना घाइते भएका छन । खजुरगाच्छीस्थित मोहमद आसामुदीन मियाको खेतमा बुधबार बिहान धानको बीऊ उखेल्न गएका बालकलाई चट्याङ लागेको थियो । चट्याङ लागेर बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले बताउनुभयो । चट्याङ लागेर अन्य दुई जनाको नाम भने खुल्न बाँकी छ । १६ वर्षीय मनिजुर आलम र २० वर्षीय सिकन्दर आलम घाइते भएका छन् । घाइते हुनेहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img