देवदह ।
रुपन्देहीको देवदह वडा नं ५ को वार्षिक योजना समिक्षा सङ्गै टोल विकास समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रेको अध्यक्षता र देवदह नगरपालिका नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। सोही अवसरमा बोल्दै नगर उपप्रमुख गुरूङले भैतिक विकासले मात्र नगर विकास नहुने हुदा मानविय विकासलाई ध्यान दिन जरुरी रहेको बताउनुभयो। उहाँले पत्रकारले नगरपालिकाले गर्ने हरेक क्रियाकलाप नागरिक समक्ष पुर्याउनु पर्नेमा समेत जोड दिनुभयो । कार्यक्रममा नेकपा एमालेका प्रकाश अर्याल, नेपाली काङ्ग्रेसका नगर सभापति गुणाखर भुर्तेल, माओवादी केन्द्रका गोबिन्द ठट्राई लगाएतले आ(आफ्नो भनाई राख्नुभएको थियो ।
त्यस्तैगरी सोही अवसरमा पत्रकार तथा टोल विकास संस्थाहरूलाई सम्मान गरिएको छ । उत्कृष्ट पत्रकारको रुपमा रेडियो देवदहका समाचार प्रमुख गोबिन्द घर्ति र सेतोमसी अनलाईनका विष्णु पोखरेललाई नगद सहित सम्मान गरिएको थियो । त्यस्तै देवदह नगरपालिकामा सक्रिय रहेका पत्रकारहरू त्रीलोचन दाहाल, झविन्द्र देवकोटा, केशव पराजुली, कमला अर्याल, सुरज भट्टराई, राहुलदेव सापकोटा, रेसम अधिकारीलाई सम्मानित गरिएको छ। कार्यक्रममा स्वास्थ्य, पञ्जिकरण तथा नागरिक चेतनाको विषयमा अन्तरकृया गरिएको थियो । जसमा स्वास्थ्य सम्बन्धि जनस्वास्थ्य निरीक्षक गिरी त्रामु र पञ्जीकरण सम्बन्धि पञ्जीकरण साखा प्रमुख फडेन्द्र बगालेले सहजीकरण गर्नुभएको थियो । सो अवसरमा राष्ट्रिय कलाकार पुर्षोतम भण्डारीले नाटकिय माध्यमबाट टोल विकासले गर्नु पर्ने कार्यको प्रस्तुती दिनुभएको थियो । कार्यक्रम वडा सदस्य होमनाथ भट्टराईको संचालनमा भएको थियो ।