बुटवल//मणिमुकुन्द सेन उद्यान संरक्षण समिति, बुटवल–२ फुलवारीको शनिवार सम्पन्न भएको पाँचौं अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ । समितिको उपाध्यक्ष र खुल्ला सदस्य बाहेकका अन्य पदमा निर्विरोध भएको थियो भने उपाध्यक्ष र खुल्ला सदस्यमा शनिवार नै निर्वाचन भएको थियो।
समितिको अध्यक्षमा माधव नेपाल, उपाध्यक्षमा रमेशप्रसाद नेपाल र माधवप्रसाद श्रेष्ठ, महासचिवमा युवराज घिमिरे, सचिवमा ज्ञानप्रसाद गैरे, कोषाध्यक्षमा मिलेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यस्तै खुल्ला सदस्य ५ जनामा ६ जनाको उम्मेदवारी परेको हुँदा निर्वाचन भएको थियो । जसमा बुद्धिराज थापा, त्रिविक्रम बस्याल, राजुप्रसाद लिगल, सन्तोष श्रेष्ठ र प्रकाशबहादुर कुमाल बिजयी हुनुभएको छ । त्यस्तै महिला सदस्यमा बिमला श्रेष्ठ र भगवती बस्याल घिमिरे निर्वाचित हुनुभएको छ ।
समितिको लेखा समितिको संयोजकमा भोजबहाखदुर बुढाथोकी, सदस्यमा माधव श्रेष्ठ र राजेन्द्रराज अमात्य निर्वाचित हुनुभएको हो ।