spot_img
spot_img
spot_img

मणिपुर घटनामा पीडितका श्रीमान‍्ले भने– देशका लागि लडे तर श्रीमतीको रक्षा गर्न सकिन

spot_img

मणिपुर ।

मणिपुरको थौबल जिल्लामा यौन दुर्व्यवहारमा परेकी एक महिलाका पतिले आफूले देशको लागि कारगिल युद्ध लडेको तर आफूलाई रक्षा गर्न नसकेकोमा खेद व्यक्त गरेका छन् । जुलाई १९ मा दुई महिलालाई नग्न परेड गरी दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । यो घटना भने मे ४ गते भएको हो । घटनाप्रति दुःख व्यक्त गर्दै कारगिल युद्ध लडेका असम रेजिमेन्टका सुबेदारले भने, ‘म कारगिल युद्धमा देशका लागि लडेँ । म श्रीलङ्कामा तैनाथ भारतीय शान्ति सेनाको हिस्सा थिएँ। मैले देशको रक्षा गरेँ तर मलाई अफसोस छ कि मेरो सेवा निवृत्ति पछि मैले मेरी श्रीमती र गाउँलेहरूको रक्षा गर्न सकिनँ।’

यसो भन्दै गर्दा उनका आँखा रसाएका थिए । उनले भने, ‘मैले कारगिलमा मोर्चामा लड्दा युद्ध देखेको छु । अहिले जब म सेवा निवृत्तिपछि घरमा छु । मेरो आफ्नो ठाउँ रणभूमि भन्दा खतरनाक भएको छ। यस घटनालाई लिएर विपक्षी दलहरूले मणिपुरका मुख्यमन्त्री वीरेन सिंहको राजीनामा माग गरिरहेका छन्। महिलाका पतिको आरोप छ कि मे ४ को बिहान भीडले उक्त क्षेत्रमा धेरै घर जलाएको थियो ।

एजेन्सीको सहयोगमा-

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img