spot_img
spot_img
spot_img

प्यूठानको खानेपानीमा मानिस तथा जनावरको दिशामा पाइने इकोली ब्याक्टेरिया भेटियो

spot_img

प्यूठान ।

प्यूठानको खानेपानीमा मानिस तथा जनावरको दिशामा पाइने इकोली ब्याक्टेरिया भेटिएको छ । स्वास्थ्य कार्यालय प्यूठानले विभिन्न समयमा १ सय ३५ वटा खानेपानीको नमूना परीक्षण गरेकोमा ५३ वटामा अर्थात ३९ प्रतिशत नमूनामा इकोली भेटिएको पाईएको कार्यालयले जनाएको छ । पानीमा दिसाजन्य पदार्थ मिश्रण हुँदा जिल्लाका अधिकांश स्थानको खानेपानी दूषित भएको हो । इकोलीले हैजा, झाडापखाला, टाइफाइड जस्ता दूषित पानीजन्य सरुवा रोग फैलन सक्ने भएकाले पानी शुद्धिकरण गरेर मात्र पिउन चिकित्सकको सुझाव छ । परीक्षणमा जिल्लाका माण्डवी गाउँपालिका, प्यूठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकाको धेरै स्थानको पानीमा इकोली ब्याक्टेरिया पाइएको छ । वर्षाको समयमा पानी दूषित हुने भएकाले इकोली तथा अन्य ब्याक्टेरिया भेटिने गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img