एजेन्सी ।
चीनमा एक विद्यालयको व्यायामशालाको हलको छाना भत्किँदा ११ जनाको मृत्यु भएको छ। चीनको उत्तरपूर्वी क्षेत्रकोे किकिहारमा प्रान्तमा रहेको ब्यायामशालाको छत भत्कंदा सो भवनको संरचना पूर्णरुपमा क्षतिग्रस्त भएको हो। सो भवनको छतमा पानी संकलनका लागि अवैध संरचना बनाएको र अत्यधिक भारका कारण उक्त भवन भत्केको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन्। घटनाको समयमा सो ब्यायामशालामा १९ जना रहेकामा चार जनालाई भग्नावशेषबाट उद्दार गरिएको र अन्य चार जना भने भागेर ज्यान जोगाउन सफल भएको बताइएको छ। २० वर्षअघि निर्माण गरिएको व्यायामशाला जीर्ण भएकै कारण भत्केको भत्केको अनुमान गरिएको छ।