रुपन्देही ।
संगठन बलियो भएपनि गुटउपगुटका कारण काङ्ग्रेसले निर्वाचनमा हार व्यर्होनु परेको नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले बताउनुभएको छ। उहाले कुनैपनि व्यक्तिले दुईपटक भन्दा बढि सार्वजनिक पद धारण गर्न नपाउने गरी नीति बनाउन आवश्यक रहेकोमा जोड दिनु भयो।
नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्रीय समितिद्धारा आयोजित नेपाली काङ्ग्रेसको बर्तमान चुनौती र अवको बाटो विषयक विचार गोष्ठीमा बोल्दै उहाले उक्त कुरा बताउनु भयो। प्रतिनिधि सभा सदस्य समेत रहनु भएका नेता पौडेलले नेपाली काङ्ग्रेस भ्रष्टचारी विरोधी पार्टी भएको दावी गर्नु भयो। उहाले नेपालको हरेक आन्दोलनमा नेपाली काङ्ग्रेसले नेतृत्व गरेको स्मरण गर्दै पछिल्लो समय पाटीमा गुटउपगुट हावी हुदै आएको बताउनु भयो। उहाले पार्टीलाई बलियो बनाउने र नागरिकको पार्टी बनाउने हो भने, गुटउपगुट अन्त्य गर्न आवश्यक रहेको औल्याउनु भयो। उहाले सामान्तवाद विरुद्धको नेपाली काग्रेसले स्थापना कालदेखि नै आवाज उठाउदै आएको बताउदै पार्टीले एक्लै निर्वाचनमा लाने हिम्मत गर्न आवश्यक रहेको बताउनु भयो। उहाले निर्वाचन जित्नको लागि विचार नमिल्ने संग गठबन्धन गर्दा पार्टीले नोक्सान व्यहोर्न परेको दावी गर्नु भयो। उहाले नागरिक र पार्टी सदस्यहरुलाई कुरा बुझाएर निर्वाचनमा होमिए गठबन्धन गर्दा भन्दा बढि सिट जित्न सकिने भएकोले नेतृत्वले विचार गर्न आवश्यक रहेको औल्याउनुभयो। उहाले पार्टीको आन्तरिक व्यवस्थापन सुधार गर्नुपर्ने बताउदै पार्टीका कार्यकर्ताले नेतृत्व चयन गर्न पाउने गरी नीति बनाउनु पर्नेमा जोड दिनु भयो।
पार्टीका क्षेत्रीय समितिका सभापति नविनराज आर्चायको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य गंगा शाही, देवदह नगर समितिका सभापति गुनाखर भुर्तेल, अर्जुन पोखरेल, सञ्जय चौधरी, ख्यानारायण ढकाल, झविन्द्रप्रसाद पाण्डे, हरिप्रसाद भण्डारी, शिवप्रसाद काफ्ले , गणेश तिल्मिसेना, अमर लामिछाने, डिल्लीराज मरासिनी, शैलेन्द्रकुमार पन्थ लगायतले बोल्दै पार्टी सरकारमा रहेको अवस्थामा आमनागरिकलाई सहज रुपमा लालपुर्जा वितरण गर्ने गरी अगाडि बढ्न आग्रह गरेका थिए।
सोही अवसरमा पार्टीका केन्द्रिय सदस्य गंगा शाही बोल्ने क्रममा सभापति देउवाको पक्षमा भाषण गरेपछि कार्यकर्ताहरु रुष्ट बनेका कार्यकर्ताहरुले केही समय नारावाजी गरेका थिए। पार्टीका क्षेत्रीय उपसभापति दामोदर क्षेत्रीको स्वागत र सचिव लक्षु न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।