देवदह । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन) देवदहले विद्यार्थी तथा अभियावकलाई सम्मान गरेको छ। प्याव्सन देवदहले माध्यमिक शिक्षा परिक्षामा उत्कृष्ट अंक ल्याई उर्तिण गर्ने विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो।
प्याव्सन देवदहमा आवद्ध रहेका विद्यालयहरुबाट उर्तिण गरेका विद्यार्थीहरुलाई सम्मान गरेको हो। प्याव्सन नगर अध्यक्ष रामबहादुर गुरुङ्गको अध्यक्षता र देवदह नगरपालिका शिक्षा अधिकृत पर्शुराम ढकालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरेको हो।
सोही अवसरमा नगरपालिकाले लिने आधारभूत तहको परिक्षामा नगरभरी उत्कृष्ट अंक ल्याउने ग्रिनप्लान्ट आवासीय माविका विद्यार्थी आरएन धमलालाई समेत सम्मान गरिएको थियो।
यसैगरी प्याव्सन देवदहले आयोजना गरेको माध्यमिक विद्यालय स्तरीय लोकतृत्य प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा देवदह मदर टङ्स एकेडेमी प्रथम, एशियन लाईट बोडिङ्ग स्कुल द्धितिय, ग्रिन प्लान्ट आवासीय मावि तृतिय र बुद्ध पव्लिक आवासीय मावि सान्त्वना भएको अध्यक्ष गुरुङ्गले जानकारी दिनु भयो। प्रतियोगितामा मुकेश गुरुङ्ग र किशोर थापाले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो। कार्यक्रममा नगर शिक्षा अधिकृत पर्शुराम ढकाल, प्याव्सन रुपन्देहीका बरिष्ठ उपाध्यक्ष एकनारायण काप्mले, सहसचिव बोधराज गौडेल, प्याव्सन देवदहका सल्लाहकार महेश पराजुली लगायतले आ–आफना भनाई राख्नु भएको थियो।
प्याव्सन देवदहका कोषाध्यक्ष टिकाराम चापागाईको स्वागत र सचिव कृष्णप्रसाद गैरेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो। यसैगरी प्याव्सन देवदहमा आवद्ध शिशु कक्षाका शिक्षिकाहरुलाई मन्टेश्वरी तालिम प्रदान गरिएको छ। तालिमको सानु अमात्यले सहजीकरण गर्नु भएको प्याव्सन देवदहले जनाएको छ।