रुपन्देही // नयाँ सदस्यता वितरणप्रति असहमति जनाउंदै प्रेस चौतारी रुपन्देहीले महासंघको कार्यालयमा ताला लगाएका छ। पत्रकार महासंघले नयाँ सदस्यको सम्बन्धमा गरेको निर्णयमा असहमति जनाउँदै चौतारीले आइतबार महासंघको कार्यालयमा तालाबन्दी गरेको हो। महासंघको साउन ६ गते बसेको बैठकले ३२ जनालाई नयाँ सदस्यता दिने निर्णय गरेको थियो।
त्यसमाथि चौतारी लगायत संस्थाहरुले उजुरी दिँदा पनि महासंघ समस्या समाधानमा उदासिन भएकाले तालाबन्दी गर्नु परेको अध्यक्ष लक्ष्मण पौडेलले बताए। संगठनले उठाएका जायज मागहरु सम्बोधन नभएसम्म तालाबन्दी गरिने अध्यक्ष पौडेलले बताए। साथै प्रेस चौतारीले यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयम् पत्रकार महासंघ नै हुने चेतावनी दिएको छ।