काठमाण्डाै ।
मुग्लिन–नारायणगढ सडक दुईतर्फी नै सञ्चालनमा आएको छ । आज बिहानैदेखि अवरुद्ध उक्त सडक खण्ड दिउँसो ३ बजे सन्चालनमा आएको हो । बिहान इच्छाकामना गाउँपालिका–६ मा पर्ने कालीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरोका कारण सयौँ गाडी र यात्रु अलपत्र परेका थिए । पहिरो हटाएपछि अहिले सडक पूर्णरूपमा सञ्चालनमा आएकाे डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??