spot_img
spot_img
spot_img

पाकिस्तानकाे खार क्षेत्रमा विस्फाेट हुँदा २० जनाकाे ज्यान गयाे, ४० जनाभन्दा धेरै घाइते

spot_img

काठमाण्डौ ।

पाकिस्तानको बाजौर जिल्लाको खार क्षेत्रमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा २० जनाको ज्यान गएको छ । विस्फाेटमा ४० जनाभन्दा धेरै घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । खैबर पख्तुनख्वा प्रान्तमा जमियत उलेमा–ए–इस्लाम–फजलद्वारा आयोजित कार्यकर्ताको सम्मेलनमा विस्फोट भएको हो । घटनास्थलमा राहत र उद्धार कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् । उपचार गराइरहेका केहीको अवस्था गम्भीर रहेको छ । यो विष्फोटको कारण खुल्न सकेको छैन ।

सुरक्षा बलले विष्फोट भएको क्षेत्रलाई घेरेको छ । जमियत उलेमा–ए–इस्लाम–फजल महासचिव र सिनेटर मौलाना अब्दुल गफूर हैदरीले विस्फोटको कडा निन्दा गर्दै सुनियोजित षडयन्त्रमा देशको वातावरण बिगार्न खोजिएको बताउनुभएको छ ।

एजेन्सी ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img