कञ्चन ।
रुपन्देहीको कञ्चन गाउपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी कञ्चन ३ वडा कमिटिको पुर्ण विस्तारित भेला सम्पन्न भएको छ। भेलाले आनन्द आचार्यको संयोजकत्वमा ११ सदस्यिय वडा कमिटी गठन गरेको छ।
भेलाबाट सहसंयोजकमा प्रेम कुवँर र सचिवमा नारायण ढकाल चयन हुनु भएको छ। यस्तै दलित महिला सदस्यमा तारा नेपाली, सदस्यहरुमा अशोक गौतम, शेर बहादुर थापा, खेलेन्द्र प्रसाद शर्मा,हरिकला थापा र दुर्गा देवी पौडेल चयन हुनु भएको सो पाटीका पार्वती ढकालले जानकारी दिनु भएको छ।
भेलालाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका रुपन्देही संयोजक डा.बुद्धि प्रसाद शर्माले देशमा भएको अनियमित्ता, भ्रष्टचार र बेथिती अन्त्यका लागि राष्ट्रिय स्वतन्त्र पाटीको स्थापन भएको बताउनु भयो। भ्रष्टचार र बेथितिले सिमा नाघिसकेको सन्दर्भमा रास्वपाको स्थापनाले देशमा नयाा तरङ्ग पैदा गरेको बताउदै संयोजक शर्माले भ्रष्ट बिचार र सोंच भएकाहरुका लागि रास्वपामा कुनै स्थान नभएको समेत दावी गर्नु भयो। राज्यले स्वास्थ्य र शिक्षा निःशुल्क गर्नु पर्छ भन्ने आन्दोलनलाई पार्टीले प्रमुखताका साथ अगाडी बढाएको समेत संयोजक शर्माले बताउनु भयो।
कार्यक्रममा रास्वपाका नेताहरु गोपाल घिमिरे, यमलाल भट्टराई, कञ्चन गाउ कमिटीका संयोजक प्रेमचन्द्र पोख्रेल लगायतले रास्वपाको उदयले निरासा बनेका आम नेपालीलाई उत्साह थपेको र रास्वपा प्रति जनताको उर्लदो समर्थन बढिरहेको बताउनु भएको छ। मिसन ८४ पुराना सबै रानैनैतिक दलहरुको स्थिति र तागत जनताले छर्लङ्ग देखाइदिने बताउदै वक्ताहरुले स्थानीय देखि सं सम्म भ्रष्टचारका बिरुद्ध सशक्त आन्दोलन गर्नुको बिकल्प नभएको बताउनुभयो।
कञ्चन ३ को धमिनातालमा सम्पन्न भेलाको अध्यक्षता पार्टीका कञ्चन गाउ कमिटि संयोजक प्रेम चन्द्र पोख्रेलले गर्नु भएको थियो भने स्वागत पार्वती ढकालले गर्नु भएको थियो। सो पार्टीको प्रारम्भिक भेलाले यस अघि तुल बहादुर पुन( राहु)को संयोजकत्वमा वडा कमिटिको तदर्थ समिति गठन गरेको थियो।
कञ्चन ३ को पुर्ण विस्तारित भेला, संयोजकमा आनन्द आचार्य
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??