काठमाण्डौ ।
घरेलु टोली वेस्ट इन्डिजसँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत ४ रनले पराजित भएको छ । वेस्ट इन्डिजले दिएको १ सय ५० रनको मध्यम लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रनमात्र बनाउन सकेको हो । यसअघि ब्रायन लारा क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । यो जितसँगै पाँच खेलको टी–२० शृङ्खलामा वेस्ट इन्डिजले १–० को अग्रता लिएको छ । यसअघि भएको ३ खेलको एकदिवसीय शृङ्खला भारतले २–१ ले जितेको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??