काठमाडौं ।
भारतको उत्तराखण्डस्थित गौरीकुण्डमा भारी बर्षासँगै गएको पहिरोमा परी एक दर्जन नेपाली बेपत्ता भएका छन् । उनीहरु बसेको होटल नै पहिरोले बगाउँदा बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा जुम्लाका धेरै रहेको बताइएको छ । गौरीकुण्डमा रहेका तीन वटा होटल पहिरोले बगाएको थियो । हालसम्म ११ जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यले जनाएका छन् । उत्तराखण्डमा बर्षा जारी रहेको र रुद्रप्रयागमा पुनः पहिरो गएको बताइएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??