spot_img
spot_img
spot_img

आँखा पाक्ने रोग सम्बन्धि सचेतना कार्यक्रम

spot_img

देवदह

रुपन्देहीको देवदहमा आँखा पाक्ने रोग (Viral Conjunctivitis) सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ। केरवानी स्वास्थ्य चौकीको सहकार्यमा लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथको प्राविधिक सहयोग र लियो क्लव अफ बुटवल मणिमुकुन्द युथको आयोजनामा हाल तिब्र गतिमा फैलिरहेको आँखा पाक्ने रोग (Viral Conjunctivitis) सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रम देवदह २ स्थित भविष्य निर्माण माविको सभाहलमा भएको थियोे।

कार्यक्रममा बोल्दै देवदह नगरपालिका नगरप्रमुख ध्रुव प्रसाद खरेलले आँखा अन्य अंगहरुको तुलनामा निकै नै संवेदनशील हुने भएकोले यसको उचित स्याहार तथा हेरचाह गर्नु पर्ने बताउनुभयो। उहाले अहिले आँखाका बिरामिहरु बढिरहेको हुँदा र देवदह नगरपालिका पनि अछुतो रहन नसकेको हुँदा स्वास्थ्य तथा शिक्षा शाखा संगको समन्वयमा योजना बनिसकेको र देवदह नगरपालिका नगरबासीको स्वास्थ्यको लागि अत्यन्तै जिम्मेवार रहेको र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा प्रदान गर्न सधैँ लागिरहेको उहाँले बताउनुभयो।

सचेतना कार्यक्रममा दृस्टि विशेषज्ञ डा. प्रभात जि.सि. द्वारा यो रोगको परिचय,सर्ने माध्यम, रोकथामका उपायहरू, आँखाको स्वयं हेरचाह विधि, यसको उपचार विधि तथा जटिलता सम्बन्धमा प्रशिक्षण गर्नुभएको थियो।कार्यक्रममा देवदह नगरपालिका वडा नं २ का वडाध्यक्ष दल बहादुर राकसकोटि, वडा सदस्य अण प्रसाद न्यौपाने, वडा सदस्य प्रसाद गुरुङ, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष थानेश्वर अर्याल, संस्थापक अध्यक्ष कमल थापा क्षेत्री, सचिव डा. प्रभात जि.सि. बिध्यालयका सहायक प्र.अ., देवदह नगरपालिका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडे, विध्यालय व्यवस्थापन समितिका पदाधिकारी, अविभावक संघका अध्यक्ष, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका,लियो क्लवका सदस्यहरु, विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।कार्यक्रम संस्थाको अध्यक्ष काशीराम रेग्मीको अध्यक्षता, लियो क्लव अफ बुटवल मणिमुकुन्द युथका कोषाध्यक्ष लक्ष्मण सुनारको स्वागत र संस्थाको सचिव सन्देश बेलबासेको संचालनमा भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img