देवदह ।
नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ देवदह नगर कमिटीको अध्यक्षमा गिता भण्डारी सर्वसम्मत चयन भएकी छन्। शनिबार भएको अधिवेशनबाट भण्डारीको अध्यक्षतामा २९ सदस्यीय नगर कमिटी चयन भएको हो।अधिबेशन बाट संघको नगर कमिटी उपाध्यक्षमा फुलमाया श्रीस, सचिवमा अनिशा पौडेल, सह-सचिव गिता पाण्डे र कोषाध्यक्षमा इन्दु गैरे चयन भएका छन्। कार्यक्रम संघको अध्यक्ष शिला मल्लको अध्यक्षता, नेकपा एमाले केन्द्रिय कमिटी सचिव तथा रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य माननीय छबिलाल बिश्वकर्माको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश सभा सदस्य माननीय जानकी न्यौपाने, नेकपा एमाले केन्द्रिय कमिटी सदस्य शिवराज सुवेदी, देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङ लगायतको उपस्थित रहेको थियो भने उक्त कार्यक्रमको संचालन लक्ष्मी अधिकारीले गर्नुभएको थियो।