कञ्चन ।
नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ,नेपाल कञ्चनको तेश्रो अधिवेशन शनिबार सम्पन्न भएको छ। शनिवार सम्पन्न अधिवेशनबाट कञ्चनका युवा ब्यवसायी जिवन क्षेत्री अध्यक्षमा सर्बसम्मत निर्वाचित भएका छन।अधिवेशनबाट उपाध्यक्षमा राम बहादुर दर्लामी, सचिवमा नवराज न्यौपाने, दुई सहसचिवमा समिर ढकाल, बसन्त बहादुर राना र कोषाध्यक्षमा गोविन्द भणडरी निर्वाचित भएका छन। २१ सदस्यिय नया कार्य समितिको सदस्यमा नगेन्द्र पुलामी, अर्जुन थारु, दिपकुमार लोध, दिपिसा विक, किरण ढकाल, रमेश सापकोटा, रामु थापा, पदम सिंजाली, अशिम ढुङ्गाना, टिकाराम विक, सुजता पराजुली, माया थापा, लिला थापा, गिता भुजेल र कमला रेग्मी निर्वाचित भएका छन। राष्ट्रिय युवा संघ नेपाल, कञ्चनका अध्यक्ष सुभाष क्षेत्रीको अध्यक्षता, नेकपा एमालेका केन्द्रिय सदस्य खिमलाल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको संचालन सचिव कमल परियारले गर्नुभएको थियो। कार्यक्रम हरैया बहुमुखी क्याम्पसको सभाहलमा भएको थियो।