गैडहवा ।
रुपन्देहीको गैडहवावासीले बिरामी भएको समयमा उपचारको क्रममा रगतको आवस्यकता परेमा रगत निःशुल्क प्राप्त गर्ने भएका छन। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देही र गैडहवा गाउपालिका बिच गैडहवावासीलाई रगतकको आवस्यकता परेमा निःशुल्क रगत उपलध गराउने सम्झौता भएको हो। बुधवार गैडहवा गाउपालिकाको कार्यालयमा गैडहवा गाउपालिकाकाको तर्फबाट उपाध्यक्ष माधुरी जैसवाल, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थी र स्वास्थ्य शाखा प्रमुख सरेन्द्र चौहान तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाको तर्फबाट शाखा सभापति दीपक क्षेत्री नयौपाने, गैडहवा उपशाखा सभापति रमेश ठाकुरले सम्झौतापत्रमा हस्ताक्षर गर्नु भएको हो।
रुपन्देही जिल्लाका कुनैपनि अस्पतालमा उपचार गर्नेक्रममा गैडहवाका कुनैपनि बिरामीलाई रगत आवस्यक परेमा आ.व. २०८०/०८१ सम्म रक्तसंचारमा लाग्ने रगत परिक्षण वापत लिइने कुनै पनि शुल्क नलिने गरी निःशुल्क रगत उपलब्ध गराउने आपसी सम्झौता भएको गैडहवा गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले जानकारी दिनु भएको छ।