कञ्चन ।
रुपन्देहीको कञ्चनमा कञ्चन साथी सञ्जालको आयोजनामा अन्तरािष्ट्रय युवा दिवसको अवसरमा दिगो सिप बिकासमा युवा उद्यमी, अवसर र चुनौती बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। कञ्चन गाउपालिका, सुनगाभा सामुदायिक बिकास केन्द्र र स्ट्रोम फाउण्डेशनको सहयोगमा भएको कार्यक्रममा स्वदेशमै राजगारी श्रजना गरी उद्यमशिलता तर्फ उन्मुख युवाहरुलाई स्थानीय तहले प्रोत्साहन तथा बजारीकरणको ब्यबस्था गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन। अन्तरकृया कार्यक्रममा उठेका सवालहरुमाथी प्रतिकृया दिदै कञ्चन गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले कृषि क्षेत्रमा लगानी गरी सोही अनुसारको मेहनत र परिश्रम गर्ने हो भने त्यसको बजार ब्यबस्थापन गर्न कुनै सस्या नहुने बताउनुभयो। कञ्चनमा कृषि क्षेत्र सम्भावना रहेको र कृषिमा पालिकाको लगानी हरेक बर्ष बढ्दै गइरहेको बताउनु भयो। कार्यक्रममा कञ्चन साथी सञ्जालका अरुणा विश्वकर्मा, कृष्णा थारु, धनराज विश्वकर्मा, राधिका चौधरी, पार्वती ढकाल, मामकला गलामी, सन्तोष पुन लगायतले कृषिमा लगानी गर्ने किसानहरुलाई स्थानीय तहले प्रोत्साहन गर्न आवस्यक रहेको बताउदै स्थानीय किसानहरुले उत्पादन गरेका कृषि उत्पादनहरुको शितभण्डारण र बजार ब्यबस्थापन हुनुपर्नेमा जोड दिएका थिए।
सरोकारवालाहरुले उठाएका सवालहरुको उपाध्यक्ष मौसमी थापा मगर, वडा अध्यक्षहरु टीकाराम सापकोटा, हरिनारायण थारु, प्रवक्ता चित्र तुलाचन, कृषि शाखाका राम प्रसाद अधिकारी, पशु सेवा शाखाका नेत्र प्रसाद घिमिरे, लघु उद्यम बिकासका कल्पना कार्कीले जवाफ दिनु भएको थियो। यस्तै कषि उद्यमी टिम स्पिन्जरका संचालक राजन शर्मा, आरम्भ एग्रो र्फमका संचालक प्रकाश उपाध्यायले कृषिमा इमान्दारपुर्वक श्रम गर्ने कुनैपनि किसानहरुको उज्जवल भविष्यको सम्भवना रहेको बताउनु भयो। हरेक काम गर्दा अनविज्ञताका कारण लगानी खेर जान सक्ने भएपनि निरन्तर लागीपरेर काम गर्न आवस्यक रहेको र कुनैपनि मेहनतमा हरेस खान नहुने कृषि उद्यमी राजन शर्मा र प्रकाश उपाध्यायले बताउनु भयो। कार्यक्रममा कृषि उद्यमीहरु राजन शर्मा, प्रकाश उपाध्याय पौडेल, मामकला गलामी, मोरिङ्गा एग्रो इन्ड्रस्टिज फर्मलाई सम्मान गरिएको थियो। सञ्जालका अध्यक्ष टीका थापा मगरको अध्यक्षता, समिक्षा रानाको संचालन तथा सचिव बिष्णु सुनारको स्वागतमा सम्पन्न कार्यक्रम दियो सभाहलमा भएको थियो। कार्यक्रममा बिधार्थी, बिभिन्न साथी सञ्जाल, बाल बगैचा र ग्रेजुएट समूहका किशोर किशोरीहरुको सहभागिता रुहेको थियो।