spot_img
spot_img
spot_img

ह्याम्स आँधिका कारण नर्वेमा जनजीवन प्रभावित

spot_img

एजेन्सी । नर्वेमा ह्याम्स नामक आँधिपछि आएको बाढीले जनजीवन अस्तव्यस्त बनेको छ । राजधानी ओस्लोबाट करिव १५० किलोमिटर उत्तरपूर्वमा रहेको ब्रास्केरिडफसको बाँध फुटेसँगै नर्वेको सबैभन्दा लामो नदी ग्लोमामा बाढी आएको हो ।

गत सोमबार आएको आँधीपछि आएको बाढीका कारण नर्वेमा ४ हजार भन्दा बढी संरचना ध्वस्त पारेको छ । ग्लोमाको पानीको सतह बढ्दै गएपछि प्रहरीले स्थानीयहरुलाई उद्धार गरेको थियो । आँधी सोमबारदेखि अहिलेसम्म पनि जारी रहेको बताइएको छ ।

नर्वेजियन नेचर ड्यामेज पुल एण्ड फाइनान्स नोर्गका अनुसार नर्वेमा प्राकृतिक प्रकोपको कारण ९ सय मिलियन नर्वेजियन क्रोनर (लगभग ८८.२ मिलियन अमेरिकी डलर) बराबरको सम्पती नष्ट भएको छ । ११४ स्थानका सडकखण्डहरू बाढी र पहिरोका कारण सम्बन्ध बिच्छेद बनेका छन् ।

नर्वेजियन सार्वजनिक सडक प्रशासनले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूममा इनल्याण्डेटलाई राखेको छ । सो क्षेत्रमा राष्ट्रिय आपतकालीन टोली खटाएको छ । आँधीका कारण २ हजार बढी नागरिक बिस्थापित भएका छन् ।

नर्वेका न्यायमन्त्री एमिली एङ्गर मेहलले सरकारले आँधी प्रभावित क्षेत्रका नागरिकलाई उद्धार गर्न थप हेलिकप्टर र अन्य स्रोतहरू परिचालन गरेको बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img