spot_img
spot_img
spot_img

देवदह नगरपालिका स्वास्थ्य शाखाको बार्षिक समिक्षा गोष्ठी सम्पन्न

spot_img

देवदह । 

देवदह नगरपालिका, स्वास्थ्य शाखाले बार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ। देवदहमा रहेका विभिन्न स्वास्थ्य संस्थाहरुले आर्थिक बर्ष २०७९र०८० मा गरेको कार्यप्रगतिको समिक्षा गरेको हो। सो अवसरमा स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडेले नगर भित्र रहेका विभिन्न स्वास्थ्य संस्थाबाट १ लाख १५ हजारले सेवा लिएको जानकारी दिनुभयो।उहाले ८ हजार ७ सय ६५ जनाले खोपको सेवा लिएको, महिला स्वास्थ्य स्वयमसेवीले ३२ हजार ३ सय ९४ जनालाई सेवा प्रदान गरेको जानकारी दिनुभयो।यसैगरी देवदहमा रहेको स्वास्थ्य संस्था, नगर अस्पताल लगायतबाट ५ बर्ष मूनिका २ हजार ६ सय ४१ जनालाई सेवा प्रवाह गरेको नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गिरी तरामुले जानकारी दिनु भयो। तरामुका अनुसार देवदहमा एक बर्ष भित्र ३४ जना कुपोषण र ११ जना मध्यम कुपोषणका विरामी फेला परेको जानकारी दिनुभयो। देवदहको ३ वटा बर्डिङ्ग सेन्टरबाट १ हजार ७ सय ५३ जनालाई सुत्केरी सेवा प्रदान गरेको जानकारी दिनुभयो।

त्यसैगरी बर्षभरी श्रयरोगका विरामी १ सय ३८, कुष्टरोगीका विरामी १० जना फेला परेको तरामुले जानकारी दिनुभयो। कार्यक्रममा देवदहमा रहेका स्वास्थ्य संस्था र देवदह नगर अस्पतालले आफुले गरेको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
नगर प्रमुख धुव्रप्रसाद खरेलेको अध्यक्षता, उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको स्वागतमा भएको कार्यक्रममा देवदह–२, का वडाअध्यक्ष दलबहादुर राकसकोटी, ३, का वडाअध्यक्ष यज्ञप्रसाद अर्याल, ६ का वडाअध्यक्ष खेमबहादुर थापा, जिल्ला स्वास्थ्यका खोप अधिकृत भेषराज शर्मा लगायतको सहभागिता रहेको थियो। जनस्वास्थ्य निरिक्षक गिरी तरामुको संचालनमा भएको कार्यक्रममा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img