भैरहवा ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा करिब ४० लाख मुल्य वरावरको विभिन्न किसिमका कपडाहरु वरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता श्यामु अर्यालका अनुसार जिल्ला रुपन्देही रोहिणी गाउँपालिका वडा नं। ३ सेमरहवा चोक स्थितबाट मिति गएको बिहिवार करिब ४ः३० वजेको समयमा ईलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला नवलपरासी सुनवल नगरपालिका वडा नं। ८ बस्ने बर्ष ३७ को संगित कुमार खरबिनले चलाएको लु १ च ५८३१ नं. पिकअपमा अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको राखी माला १ बोरा, जेन्स गेम कट्टु ८३६ थान, लेमिनेसन पेपर १२ पेटी र क्लिप १ बोरा गरी पिकअप गाडी सहित अन्दाजी मुल्य १२ लाख ६२ हजार २ सय रुपैया वरावरको सामान बरामद गरेको हो।
यसैगरी जिल्ला रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ६ बेथरीबाट हिजो २६ गते शुक्रवार करिब ८ः३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय वेथरी रुपन्देहीबाट खटिएको टोलीले जिल्ला स्याङजा पुतलीबजार न।पा। १३ बस्ने बर्ष ४० को लाल बहादुर बि।क। ले चलाएको ना ३ ख ४४१३ नं। को ट्रकलाई शंका लागि चेकजाच गर्ने क्रममा भारत बाट अबैध रुपमा भन्सार छलि चोरी गरी ल्याउदै गरेको अवस्थामा थानको कपडा १५१४ मिटर, साडी ४७४ थान, सुट ५०८ थान, वुलाउज ५५ थान, लेङ्गा ५ थान, पेटिकोट ६ थान, सल २७ थान, लुङगी १२ थान, जेन्स कट्टु ८५ थान, सेण्डो भेष्ट ८० थान, सुति साडी ९२ थान र टप्स ४६ थान गरी ट्रक सहित अन्दाजी २७ लाख ४७ हजार ४९० रुपैया बराबरको सामान बरामद गरेको हो। बरामद गरिएका पिकअप र ट्रकमा ल्याइएका अबैध सामान दुबै गाडी र चालकलाई आवस्यक कावाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।