कञ्चन ।
जिल्ला सहकारी संघ रुपन्देहीको आयोजना तथा कन्चन सहकारी संजालको सम्न्वयमा १ दिने सहकारी संस्थाका ब्यबस्थापकहरुलाई कोपोमिस सम्वन्धी तालिम दिइएको छ । जिल्ला सहकारी संघका अध्यक्ष भिम तुलाचनको अध्यक्षतामा संचालन गरिएको तालिममा प्रशिक्षक संघका महासचिव दामोदर पंगेनीले सहकारी बयबस्थापनका लागि कोपोमिसको आवस्यकता र त्यसको महत्वबारे जानकारी दिनु भएको थियो। कञ्चन गाउपालिकाको सभाहलमा संचालन गरिएको तालिममा सहकारी संजाल कन्चनका पदाधिकारी, कञ्चनमा संचालित बिभिन्न सहकारी संस्थाका ब्यबस्थापक तथा कर्मचारीहरुको सहभागिता रहेको संजालका सचिव बिष्णुप्रसाद पौडेलले जानकारी दिनु भएको छ। तालिममा प्रशिक्षक संघका महासचिव दामोदर पंगेनीले सहकारीका सम्पुण्र्ण गतिविधि, प्रतिवेदन लगायत कृयाकलापहरु कोपोमिसमा के कसरी अपडेट गर्ने भन्नेबारे सहजीकरण गर्नु भएको थियो। संघका शिक्षा समिति संयोजक गंगाधर सापकोटाको कार्यक्रम संचालन गर्नु भएको थियो।