spot_img
spot_img
spot_img

ख्वप इन्जिनियरिङ कलेजमा दुई दिने शैक्षिक प्रदर्शनी

spot_img

भक्तपुर ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा‘National architectural Exhibition — Final Year Project Exhibition (Computer, Electrical and Electronics and Communication Engineering) दुई दिने शैक्षिक प्रदर्शनी गरेको छ । शैक्षिक प्रदर्शनीको पहिलो दिन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले शैक्षिक प्रदर्शनीले विद्यार्थीहरुलाई इन्जिनियरिङका विविध विधाबारे अवगत गराई दक्षता प्रदान गर्ने बताउँदै यस किसिमको प्रदर्शनीहरुले कलेजहरुले समय समयमा गरिरहनुपर्ने बताउनुभयो । साथै नयाँ विद्यार्थीहरुमा प्रोत्साहन थपिने बताउँदै उहाँले विद्यार्थीहरुको मिहिनेत निरारिँदै जाने विश्वास पनि व्यक्त गर्नुभयो ।
सरकारले हालै ल्याएको शिक्षा विधेयकमा कक्षा १२ सम्मको सम्पूर्ण अधिकार पालिकालाई प्रदान गरिएको अवस्थामा खारेज भइसकेको जिल्ला शिक्षा कार्यालयको पुनःस्थापना गर्न खोज्नु संविधान र संघीयता विरोधी प्रावधान भएको उहाँले बताउनुभयो ।
स्थानीय तहलाई अधिकार सम्पन्न र बलियो बनाए मात्र जनताले प्रजातन्त्रको आभाष गर्न सक्ने बताउँदै उहाँले शिक्षा विधेयकले स्थानीय तहलाई विद्यालयको प्रअ नियुक्तिमा समेत अधिकार विहीन बनाउन खोजिएको छ, जुन गलत भएको उहाँको भनाइ थियो ।
सरकारले भ्यु टावर निर्माण गरी करोडौंको बजेट अनुत्पादनमूलक क्षेत्रमा लगानी गरी देशलाई परनिर्भरतातर्फ धकेलिरहेको सन्दर्श जोड्दै प्रमुख प्रजापतिले सस्तो लोकप्रियताले कसैको हित नहुने हुँदा व्यापक जनताको हितमा काम गर्न अग्रसर हुनुपर्ने बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले भक्तपुर नपाबाट सञ्चालित कलेजहरुले समयानुकूल शैक्षिक गतिविधि गर्दै आएको बताउँदै दुई दिने शैक्षिक प्रदर्शनीमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धतप्राप्त अन्य कलेजहरुको पनि सहभागिता रहेको बताउनुभयो ।
त्यस्तै ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले सबैको मेहेनतबाट शैक्षिक प्रदर्शनी सफल हुने विश्वास व्यक्त गर्दै यस्ता प्रदर्शनीहरुले अनुसन्धान गर्ने विद्यार्थीहरुलाई मद्दत पुग्ने बताउनुभयो । उक्त कार्यक्रममा आ. अर्चना बादे श्रेष्ठ र रबिना शिल्पकारले पनि बोल्नुभएको थियो ।
कार्यक्रमपश्चात नगर प्रमुख प्रजापतिले कम्प्युटर, इलेक्ट्रिकल र इर्लेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ विषयमा राखिएका शैक्षिक प्रदर्शनीहरु अवलोकन गर्नुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img