काठमाडौं ।
हङकङबाट तस्करी भई आएको सुन गाल्ने काम आजपनि सुरु गरिएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आज मंगलबार दोस्रो पटक सुन गाल्न सुरू गरेको हो। सुनको मात्रा कती छ भन्ने पत्ता लगाउन सोमबारबाट सुन गाल्ने कार्यको थालनी गरिएको थियो। राजश्व अनुसन्धान विभागले विमानस्थल भन्सारबाट बाहिरिएको सुन यही साउन ३ गते सिनामङ्गलबाट बरामद गरेको थियो।
मोटरसाइकलको ब्रेकसु बनाएर ल्याइएको सुन सोमबार गाल्दा करीब ६१ किलो बनेको र थप गाल्दा अझै घट्न सक्ने टक्सार महाशाखाका विज्ञहरुले बताएका छन। सुन गालेर मात्रा तय गरेपछि आर्थिक परीक्षणको काम सुरु गरिने छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??