एजेन्सी । युइएफए सुपर कपको उपाधि इंग्लिस क्लब म्यान्चेस्टर सिटीले जितेको छ। गएराति भएको फाइनल खेलमा स्पेनिस क्लब सेभियालाई टाईब्रेकरमा ५–४ गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो।
खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएको थियो। टाइब्रेकरमा सिटीका एर्लिङ हालान्ड, जुलियन अल्भारेज, माटियो कोभासिस, ज्याक ग्रेलिस र केल वाल्करले गोल गर्न सफल भए।
सेभियाका नेमान्जा गुडेल्जले अन्तिम प्रहारमा गोल गर्न सकेनन्। लुकास ओकम्पास, राफा मिर, इभान राकिटिच र गोन्जालो मोन्टेलले गोल गर्न सफल भए।
यूईएफए सुपर कप यूईएफए च्याम्पियन्स लिग विजेता र यूईएफए युरोपा लिग च्याम्पियनबीच हरेक वर्ष हुने गर्दछ।