spot_img
spot_img
spot_img

नौबहिनी गाउँपालिकाले सार्वजनिक गर्‍यो आफ्नै लोगो

spot_img

प्युठान । प्युठानको नौबहिनी गाउँपालिकाले आफ्नो छुट्टै लोगो सार्वजनिक गरेको छ। गाउँकार्यपालिकाको निर्णयअनुसार लोगो बनाउन प्रस्ताव आह्वान गरिएको थियो।

बुधवार लोगो सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष डिलबहादुर थापाले पालिकाको पहिचान दिलाउने गरी पहिलो पटक आफ्नै लोगो निर्माण गरेको बताउनुभयो। नौबहिनि गाउँपालिकाले कार्यसम्पादन गर्ने कागजपत्रमा लोगो प्रयोग हुने उहाले जानकारी दिनुभयो।

गाउँपालिकाले प्युठान जिल्लाकै सबैभन्दा अग्लो स्थान ३ हजार ६५९ मिटर उचाईको कोठिभिर,नौबहिनि मन्दिर,यो क्षेत्रमा पाइने डाँफे, लुङ्खोलो, खलेसबाङमा उत्पादन हुने आलु लगायत नौबहिनिको पहिचान दिलाउने गरि लोगो सार्वजनिक गरेको जनाएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img