देवदह ।
रुपन्देहीको देवदह १२ स्थित प्रगति माध्यमिक विद्यालयमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। लियो क्लव अफ बुटवल मणिमुकुन्द युथ र लियो क्लव अफ देवदहको संयुक्त आयोजनामा र केरवानी स्वास्थ्य चौकीको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले केरवानी स्वास्थ्य चौकिले लियो तथा लायन्स क्लबको आयोजनामा देवदह नगरपालिकाका विभिन्न स्कुल स्कुलमा पुगेर जनचेतना जगाउने महत्वपूर्ण काम गरिरहेको भन्दै प्रसंसा गर्नुभएको थियो। उहाले अझै रचनात्मक कार्यक्रमहरु लिएर आउन र आफुले सधै साथमा रही सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो। उहाँले देवदह नगरपालिकाले पनि विभिन्न माध्यमबाट सचेतना गराइरहेको जानकारी दिनुभएको थियो।
कार्यक्रममा केरवानी स्वास्थ्य चौकीका प्रमुख, जनस्वास्थ्य निरीक्षक तथा लियो क्लव अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष काशीराम रेग्मीले डेंगु रोग, हाल नेपाल भर फैलिइरहेको आँखा पाक्ने रोग (viral conjunctivitis) सम्बन्धि प्रशिक्षण गर्नुभएको थियो भने केरवानी स्वास्थ्य चौकि कि सि. अ. न. मि. निरिक्षक पार्वती अर्यालले विध्यार्थीहरुलाइ हात धुने तरिकाको बारेमा सिकाउनुभएको थियो। कार्यक्रममा लियो जिल्ला परिषद उपाध्यक्ष श्रद्धा कुँवर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर गुरुङ, विद्यालयका प्राचार्य लगायतले आफ्नो भनाइ राख्नुभएको थियो। उक्त कार्यक्रममा विद्यालयका पुर्व प्राचार्य हुमप्रसाद पाठक, टोल विकास संस्थाका प्रतिनिधि, लियो जिल्ला परिषदका प्रसासकिय अधिकृत तथा लियो क्लव अफ देवदहका पुर्व अध्यक्ष प्रविन गौडेल, शिक्षक शिक्षिका, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम लियो क्लव अफ देवदहका अध्यक्ष लियो काशीराम पोखरेलको अध्यक्षता, लियो क्लव अफ बुटवल मणिमुकुन्द युथका सदस्य तथा ओमसतिया गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक राहुल कोहारको स्वागत, लियो क्लव अफ बुटवल मणिमुकुन्द युथका सचिव सन्देश बेल्बासेको धन्यवाद ज्ञापन र लियो क्लव अफ देवदह का सचिव दिपेश पंगेनीको सञ्चालनमा सम्पन्न भएको थियो।