spot_img
spot_img
spot_img

गैडहवाको जनता आधारभूत विद्यालयमा जनता इको क्लव गठन

spot_img

कञ्चन ।

रुपन्देहीको जनता आधारभूत विद्यालय, गैडहवा ८ मा हरित विद्यालयको अवधारणा अनुरूप शुक्रवार  ईको क्लव गठन गरिएको छ। विद्यालय व्यबस्थापन समितिका अध्यक्ष श्री पदम बहादुर मगरको अध्यक्षतामा भएको भेलाले कक्षा ८ का बिधार्थी विपिनन बि.क.को अध्यक्षतामा १५ सदस्यीय जनता इको क्लब गठन गरिएको बिद्यालयको सम्पर्क तथा प्रशिक्षक शिक्षिका दुर्गा भण्डारीले जानकारी दिनु भएको छ।  जलवायु परिवर्तन सम्बन्धी सचेतनामुलक शिक्षा संचालन गर्ने उद्धेश्यका साथ गठन गरिएको क्लबको उपाध्यक्षमा कक्षा ७ का सुशिला सुनार, सचिवमा कक्षा ८ का एञ्जल शर्मा र सहचिवमा कक्षा ७ का स्वागत अर्याललाई मनोनयन गरिएको छ।

यस्तै सदस्यहरुमा कक्षा ८ का कृष्ण बि.क., कक्षा ७ का मुस्कान पुन,  कक्षा ८ का सिता सुनार, कक्षा ७ का धन बहादुर बि.क., कक्षा ६ का बिज्ञान बि.क.,  कक्षा ७ का सन्देश सुनार, कक्षा ६ का समन मल्लाह, कक्षा ६ दिनेश बि.क., कक्षा ७ का रक्षा कुवँर, कक्षा ५ का अनुस्का सुनार र बिद्या भुजेल रहेका छन।


यसैगरी क्लवको प्रमुख संरक्षक सल्लाहकारमा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष श्री पदम बहादुर मगर र संरक्षकमा बिद्यालयका प्रधानाध्यापक सूर्य कुमार रिजाल मनोनयन गरिएको छ भने क्लवको सम्पर्क तथा प्रशिक्षक शिक्षकको रुपमा शिक्षिका दुर्गा भण्डारीलाई भेलाले मनोनयन गरेको छ।
सामुदायिक उत्थानशिलता कार्यक्रम अन्तर्गत गठित इको क्लवले बिद्यालयलाई स्वच्छ, सफा, प्लास्टिक मुक्त, सुन्दर र हरित बनाउन र जलवायु परिर्वतनका कारण वातावरणमा पर्ने प्रभाव तथा असरका बारेमा चेतनामुलक कक्षा संचालन गर्न सहकार्य र समन्वय गर्ने छ।


सि.डि.एम.द्वारा संचालित सामुदायिक उत्थानशिलता कार्यक्रम परियोजनाका लागि जर्मनी एक गैरसरकारी संस्था मेजरियरको आर्थिक सहयोग तथा गैडहवा गाउपालिकाको सहकार्यमा जनता आधारभुत बिद्यालयमा सम्पन्न भेलाको सहजिकरण सम्पर्क तथा प्रशिक्षक शिक्षक दुर्गा भण्डारीले गर्नु भएको थियो । इको क्लव गठन पछि बिद्यालयमा हरेक हप्तको शुक्रवार बिधार्थीहरुलाई सामुदायिक उत्थानशिलता कार्यक्रम अन्तर्गत जलवायु परिर्वतनका कारण वातावरणमा पर्ने प्रभाव तथा असरका बारेमा चेतनामुलक कक्षा संचालन गरी जलवायु परिवर्तन सम्बन्धी प्रशिक्षण कक्षा संचालन  हुने छ।
रुपन्देहीको गैडहवा, सियारी, कोटहीमाई गाउपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका र नजलपरासी(बर्दघाट पश्चिम सुस्ता)को प्रतापपुर गाउपालिकाका बिद्यालयहरुमा सामुदायिक उत्थानशिलता कार्यक्रम अन्तर्गत इको क्लव गठन गरि हरित विद्यालयको बिकास गर्ने छ। गैडहवाको बिभिन्न १५ वटा बिद्यालयहरुमा यो कार्यक्रम संचालन भएको जनता आधारभुत बिद्यालयका सम्पर्क तथा प्रशिक्षक शिक्षक दुर्गा भण्डारी जानकारी दिनु भएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img