spot_img
spot_img
spot_img

डोनाल्ड ट्रम्पले बिहीबार आत्मसमर्पण गर्ने तयारी

spot_img

एजेन्सी । 

अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी बिहीबार आत्मसमर्पण गर्ने हुनु भएको छ । जर्जिया चुनावमा धोखाधडी गरेको आरोप लागेका ट्रम्पले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बिहीबार आत्मसमर्पण गर्न लागेको जानकारी दिनुभएको हो। सोही दिन आफू गिरफ्तारीमा पर्नसक्ने पनि उहाँले बताउनुभएको छ । ट्रम्पले आत्मसमपर्ण गर्ने समाचार बाहिरिएपछी काउन्टी सेरिफ कार्यालयमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । ट्रम्प सहित उक्त मुद्दामा १८ जनाविरुद्ध जर्जिया चुनावमा गडबडी गरेको आरोप लागेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो मुद्दामा ट्रम्पलाई २ लाख अमेरिकी डलर जरिवाना तिर्नुपर्ने भनिएको छ । अभियोग लागेका १८ जनाले नै आत्मसमपर्ण गर्ने बताइएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img