spot_img
spot_img
spot_img

घुम्ति शिविरलाई प्रभावकारी बनाउन वडा नं. १ मा सरोकारवाला पक्षसंग छलफल

spot_img

कञ्चन ।

रुपन्देहीको कञ्चन गाँउपालिकामा यही ३ गते देखि घुम्ति शिविर संचालन भइरहेको छ। पालिकाको सेवालाई गाँउगाँउमा सहज र सरल रुपमा पहुँच पुर्याउन संचालन गरिएको शिविरमा स्थानीयहरुको उत्साहजन सहभागिता भइरहेको छ। यसै सन्दर्भमा कञ्चन गाउपालिका वडा नं। १ को वडा कार्यालयले वडामा क्रियाशिल सरोकारवालाहरुसंग छलफल गरेको छ। घुम्ति शिविरलाई प्रभावकारी रुपमा संचालन गर्न र शिविरबाट वडावासीहरुले अधिक्तम सेवा प्राप्त गर्नमा सहजिकरण गर्न टोल बिकास संस्थाका प्रतिनीधि, बिभिन्न आमा समूह, क्लव र स्थानीय बुद्धिजिवी तथा सरोकारवालाहरुसंग छलफल कार्यक्रमको आयोजना गरिएको वडा नं। १ का वडा अध्यक्ष हरि नारायण थारुले जानकारी दिनुभयो।

छलफल कार्यक्रममा सहभागीहरुले गाउमा आउने पालिकाको घुम्ति शिविरबाट ब्यबसाय तथा संस्था नविकरण र जेष्ठ नागरिकहरुलाई सहज रुपमा जेष्ठ नागरिक परिचय पत्र वितरण गर्नमा टोल बिकास संस्था, आमा समूह, क्लव र सरोकारवालाहरुबाट आवस्यक सहयोग र समन्वय गरी शिविरलाई सफल बनाउने प्रतिवद्धता जनाएका छन। वडा अध्यक्ष हरिनारायण थारुले शिविरलाई सफल बनाउन र शिविरबाट अधिक्तम सेवा लिन हरेक टोल र गाउहरुमा सूचना प्रवाह गर्न टोल बिकास संस्था, आमा समूह, क्लवका प्रतिनीधिहरुलाई आग्रह गर्नुभयो। पालिकाको सेवालाई सहज र सरल रुपमा पहुँज पुर्याउन बेलभरियामा रहेको अपांगता पुनस्थापनाको कार्यलय र कुचेरामा मन्दिर आमा समूहको भवनमा घुम्ति शिविर संचालन गर्ने वडा नं। १ का वडा अध्यक्ष हरिनारायण थारुले जानकारी दिनु भएको छ। घुम्ति शिविरबाट जेष्ठ नागरिक परिचय पत्र वितरण, ब्यबसायिक फर्म तथा पसलहरुको दर्ता तथा नविकरण र क्लव तथा आमा समूहहरुको नविकरण र ब्यबसाय फर्म संचालन बारे परामर्स सेवा उपलब्ध गराइएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img