spot_img
spot_img
spot_img

लुम्बिनी प्रदेशमा नेपाल ट्रायाथलोन संघ गठन

spot_img

बुटवल ।

लुम्बिनी प्रदेशमा नेपाल ट्रायाथलोन संघ गठन भएको छ। प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराईको प्रमुख उपस्थित तथा नेपाल नेपाल ट्रायाथलोन संघको केन्द्रिय प्रतिनिधि सुमन देवकोटाको उपस्थितिमा लुम्बिनी प्रदेशमा नेपाल ट्रायाथलोन संघ गठन भएको हो। लुम्बिनी प्रदेशका १२ वटै जिल्लालाई समेट्ने गरी प्युठान जिल्लाका राजेन्द्र भट्टराईको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन भएको छ।

संघको उपाध्यक्षमा रुपन्देहीका गोपाल भण्डारी, सचिवमा प्युठानका झबि लाल श्रेष्ठ र कोषाध्यक्षमा पाल्पाका उदय राज अधिकारी रहनु भएको छ। त्यसैगरी सदस्यहरुमा भगवती न्यौपाने, भानु पोख्रेल कपिलवस्तु, राधा बस्नेत गुल्मी, किरण बहादुर कुंवर, दिपक घिमिरे रहनु भएको छ। ट्रायाथलोन खेलमा पौडी, दौड र साईकिलिङ रहेको छ। जो एउटै खेलाडीले यो खेल खेल्नु पर्ने हुन्छ। ट्रायाथलोन संघको सभामा प्रदेश खेलकुद परिषद लुम्बिनी प्रदेशका सदस्य सचिव जय प्रकाश भट्टराईले हरेक खेलकुदबाट युवाको भविष्य राम्रो भएको बताउनु भयो। त्यसैगरी ट्रायाथलोन संघको केन्द्रिय प्रतिनिधि देवकोटाले ट्रायाथलोन खेलकुद प्रति युवाहरुको सहभागिता राम्रो हुने बताउनु भयो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img