spot_img
spot_img
spot_img

ने क पा (माओवादी केन्द्र) कञ्चन गाउँ कमिटीको बिस्तारित बैठक सम्पन्न 

spot_img

कञ्चन ।

ने क पा (माओवादी केन्द्र)कञ्चन गाउँ कमिटीको बिस्तारित बैठक शनिवार सम्पन्न भएको छ। नेकपा माओवादी केन्द्र कञ्चन गाउ कमिटिका अद्यक्ष पुष्पराज शर्माको अध्यक्षतामा सम्पन्न बैठकको प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य ठाकुर कुमार वि.क. रहनु भएको थियो।  “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान” अन्तर्गत भएको बिस्तारित बैठक पार्टीको “जनजनमा माओवादी ,घरघरमा माओवादी ३ महिने अभियान” लाई सफल बनाउन केन्द्रित रहेको थियो। बिस्तारित बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा अभियानका इन्चार्ज ठाकुर कुमार वि. क. ले भ्रष्टचार अन्त्यका लागि सरकारले अहिलेसम्मकै महत्वपुर्ण र निर्ममपुर्ण निर्णय गर्दै भ्रष्टाचारीको जरै सम्म पुगेर उखेलेर फाल्न लागेको बताउनु भयो । सरकारका लोकप्रिय काम देखेर प्रतिपक्ष अतालिन पुगेको बताउदै पार्टीले पार्टीको हरेक तहमा शुद्धिकरण अभियानमा समेत लागिरहेको प्रमुख अतिथि बि.क.ले बताउनुभयो ।


कार्यक्रममा लुम्बिनी प्रदेस कमिटी सदस्य दिपिका शर्मा, हस्त बहादुर सावर, सोमनाथ शर्मा, कञ्चन गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले पार्टीले निर्धारण गरेको “जनतासंग माओवादी विशेष रुपान्तरण अभियान”लाई गाउ गाउमा पुर्याई पार्टीले गरेका सकारात्मक कार्यहरुको सन्देश लैजानु पर्नेमा जोड दिनु भएको थियो। यस्तै वक्ताहरुले “जनजनमा माओवादी, घरघरमा माओवादी ३ महिने अभियान” लाई सार्थक बनाउन पार्टी र सम्पुर्ण जनवर्गिय संगठन एकढिक्का भएर लाग्नु पर्नेमा जोड दिदै अभियानको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो। नेकपा माओवादी केन्द्र, कञ्चन गाउ कमिटि सचिव सिताराम थारुको सञ्चालन तथा गाउ कमिटिी उपाध्यक्ष  कुमारी घर्ती मगरको स्वागतमा सम्पन्न बैठकले तीन महिने अभियान दृढतापुर्वक सम्पन्न गर्ने निर्णय गरेको छ।साथै अभियानलाई सफल बनाउन विभिन्न कार्यविभाजन गरेको छ। जस अन्तर्गत कञ्चन गाउपालिका वडा नं. १ मा दिपिका शर्मा, वडा नं. २ मा मदन प्रसाद पौडेल, वडा नं. ३ मा कुमारी घर्ति मगर, वडा नं. ४ मा पुष्पराज शर्मा र वडा नं. ५ मा सिताराम थारु र ननुलाल पाध्यालाई जिम्मेवारी तोकिएको छ। बैठक कञ्चन ४ मा रहेको दियो सभाहलमा सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img