कञ्चन ।
रुपन्देहीको कञ्चन गाउपालिकाले संचालन गरेको घुम्ति शिविर वडा नं. ३ मा पुगेको छ। वडा नं. ३ मा दुई दिनसम्म संचालन भएको घुम्ति शिविरबाट ३३२ जना जेष्ठ नागरिकहरुले जेष्ठ नागरिक परिचयपत्र प्राप्त गरेका छन। वडा न. ३ का वडा अध्यक्षले वडा कार्यलयमा जेष्ठ नागरिक जमुना उपाध्यायलाई जेष्ठ नागरिक परिचय हस्तान्तरण गर्दै शुरु गरिएको घुम्ति शिविरमा सेवाग्राहीहरुले पालिकाबाट प्राप्त गर्ने सेवा गाउमै प्राप्त गरेका छन। ब्यबसायिक फर्म तथा पसलको दर्ता र नविकरण तथा बिभिन्न संघ संस्थाहरुको नविकरण लगायत पालिकाको सेवा गाउमै यपलब्ध गराउन शिविर संचालन गरिएको वडा नं. ३ का वडा अध्यक्ष टीकाराम सापकोटाले जानकारी दिनुभयो।
जेष्ठ नागरिक परिचय पत्र प्राप्त गर्दै एक स्थानीय जेष्ठ नागरिकले भने घुम्ति शिविरले मलाई निकै सहजका साथ परिचय पत्र पाएं। जसरी जेष्ठ नागरिकहरुले सहज र सरल रुपमा गाउमै आएको शिविरबाट सेवा लिए त्यसरी नै पसल दर्ता र नविकरण गर्ने कार्यले धेरै ब्यबसायहरुलाई राहत मिलेको एक ब्यबसायीले बताएका छन। वडा नं. ३ मा भएको घुम्ति शिविरमा ४४ वटा ब्यबसाय तथा संघ संस्था नविकरण भएको छ भने ७ वटा नयाँ पसल दर्ता भएको कञ्चन गाउपालिकाका सूचना अधिकृत अनिल काउचाले जानकारी दिनु भएको छ।
यही भदौ १० र ११ गते वडा नं. २ को दुई स्थानमा घुम्ति शिविर संचालन हुने छ भने वडा नं. १ मा १२ र १३ गते बेलभरिया र कुचेरामा शिविर हुने कञ्चन गाउापकिाका सूचना अधिकारी तथा घुम्ति शिविरका टोली प्रमुख गिरीराज अर्यालले जानकारी दिनु भएको छ।