spot_img
spot_img
spot_img

समाजवादी मोर्चाको बुटवलमा सन्देश सभा, प्रचण्डसहित शिर्ष नेताहरूले सम्बोधन गर्ने

spot_img

बुटवल

चार दलीय समाजवादी मोर्चाको बुटवलमा लुम्बिनी प्रदेश स्तरीय सन्देश सभा हुने भएको छ। नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र जनता समाजवादी पार्टीको समाजवादी मोर्चाको भोली १२ गते मंगलवार बुटवलमा सन्देश सभाको अन्तिम तयारीमा पत्रकार सम्मेलनगरी जानकारी दिइएको छ। मोर्चाले आईतबार बुटवलमा पत्रकार सम्मेलन गरी सन्देश सभाको तयारीबारे जानकारी गराउदै मोर्चाको प्रदेश स्तरीय नेतृत्व घोषणाको तयारी समेत भइरहेको नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले जानकारी गराउनु भएको छ।  पत्रकार सम्मेलनमा शाक्यले मुलुकको हित र विकासको लागि दलगत रुपमा समान धारणाको विकास गर्ने र अन्ततः पार्टी एकीकरण सम्मको योजना रहेको जानकारी दिनु भएको छ । समाजवादी मोर्चा कसैका विरुद्ध नभई मुलुकको हित, प्रतिगमनका विरुद्ध, उपलब्धिको रक्षा, समाजवादको गन्तव्य तय गर्नको लागि गठन गरिएको नेता शाक्यले बताउनु भएको छ।

मोर्चा गठनबाट अरु दल तर्सिनु नपर्ने बताउदै बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सन्देश सभामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सहित मोर्चाका शिर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलन मार्फतजानकारी दिनु भएको छ। पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य बसन्त श्रेष्ठले देशको राजनितिक अबस्था फेरिएको र आन्दोलनका उपलब्धीमाथी प्रहार हुने सम्भावना बढ्दै गएका कारण प्राप्त उपलब्धिको रक्षा तथा राष्ट्रियता र मुलुकको समृद्धिका लागि मोर्चा गठन गरिएको बताउनुभयो । बुटवलमा हुने लुम्बिनी प्रदेश स्तरीय सन्देश सभा व्यवस्थापनको जिम्मा नेकपाले लिएको छ । सोही अनुसार सभाको सबै तयारी अन्तिम चरणमा पुगेको नेकपा रूपन्देहीका इन्चार्ज शरद वलीले जानकारी दिनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img