spot_img
spot_img
spot_img

अध्यक्ष रोहितसँग साम्राज्यवादविरोधी लेखक विजय प्रसादद्वारा भेट

spot_img

भक्तपुर ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ(रोहित)सँग साम्राज्यवाद बिरोधी लेखक तथा पत्रकार बिजय प्रसादको नेतृत्वमा आएको भारतीय बुद्धिजीविहरुको एक टोलीले भक्तपुरमा आइतबार भेटघाट तथा छलफल गर्यो । भेटघाटमा अध्यक्ष रोहितले कम्युनिस्ट आन्दोलन दाल, भात र डुकुको समस्या समाधानको आन्दोलन मात्र नभई सांस्कृतिक आन्दोलन पनि भएको उल्लेख गर्नु भयो। नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरु निरन्तर जनताको निस्वार्थ सेवामा समर्पित रहेको बताउनुहुँदै उहाँले नेमकिपाले कार्यकर्ताहरुको वैचारिक प्रशिक्षणमा जोड दिइरहेको बताउनुभयो। पुँजीपति वर्गको तुलनामा कामदार वर्ग सँग राज्यसत्ता चलाउने राजनीतिक र कुटनीतिक अनुभवको कमी भएको कारणले समाजवादी देशहरुमा पनि पुँजीवाद पुनस्थापनाको सम्भावना रहने बताउनु हुँदै अध्यक्ष रोहितले यसबारे कम्युनिस्ट कार्यकर्ताहरु निरन्तर सचेत रहनु पर्ने बताउनु भयो। भेटघाटमा लेखक विजय प्रसादले वर्तमानको आन्दोलन र सङ्घर्षबाट नै भविष्यको समाजवादको चरित्र निर्धारण हुने बताउनुहुँदै कम्युनिस्ट पार्टीहरु सँधै जनतासँग जोडिएर रहनुपर्ने बताउनुभयो।

बिभिन्न देशहरुको समाजवादी आन्दोलनबाट सिक्नुपर्ने बताउनु हुँदै उहाँले भौतिक परिवर्तनमा मात्रै जोड दिएर वैचारिक आन्दोलन र जनताको राजनीतिक प्रशिक्षणलाई महत्वमा नराख्दा धेरै देशका कम्युनिस्ट पार्टीहरु असफल भएको उदाहरण दिनुभयो। भेटमा भारतीय प्रतिनिधि मण्डलका सदस्यहरु सुधनवा देसपाण्डे, पी. अम्बेडकर, बिनुथा, रोजा प्रसाद र नेपाली मित्र प्रमेश पोखरेलको सहभागिता रहेको थियो । यस्तै भेटघाट कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापति, सुरेन्द्रराज गोसाई, राजेन्द्र चवाल उपस्थित हुनुहुन्थ्यो । भेटघाट अघि टोलीलाई भक्तपुरको खौमा स्थित लायकुमा भक्तपुर नगरपालिकाका प्रमुख मेयर सुनील प्रजापतिले स्वागत गर्नुभएको थियो। त्यस्तै टोलीले लायकु र टौमढी क्षेत्रका ऐतिहासिक सम्पदाहरु अवलोकन गर्नुका साथै नगरपालिकाद्वारा संचालित ख्वप कलेज, ख्वप अस्पताल र ख्वप ईन्जिनीयरिङ कलेज र स्थानीय भक्तपुर बचत द्वारा संचालित आदर निकेतनको पनि अवलोकन गरेको थियो। साम्राज्यवाद तथा उपनिवेशवादको विरोधमा क्युवा र ल्याटिन अमेरिकी जनताको संघर्षको विषयमा लेखक विजय प्रसादले निरन्तर कलम चलाउँदै आउनुभएको छ।

पत्रकार, राजनीतिक विश्लेषक, इतिहासकार, साम्राज्यवाद र उपनिवेशवाद विरोधी मार्क्सवादी बुद्धिजीविका रुपमा अन्तर्राष्ट्रिय बामपन्थी आन्दोलनमा परिचित लेखक विजय प्रसाद भरतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) निकट प्रकाशन संस्था ‘लेफ्टवर्ड बुक्स’ का प्रधान सम्पादक पनि हुनुहुन्छ।  ईराक, अफ्गानिस्तान, लिबिया र सिरियामा अमेरिकी साम्राज्यवादी आक्रमण, भारतको दलित समुदाय, हिन्दुत्व, प्यालेष्टाईन, अरव आन्दोलन, दक्षिणी गोलार्द्ध, रसियाली अक्टोवर क्रान्ति, जलवायु परिवर्तन, तेस्रो विश्वमा समाजवादी आन्दोलन आदी विभिन्न विषयमा उहाँका दुई दर्जन भन्दा बढी पुस्तकहरु प्रकाशित छन्। उहाँले क्युवाली समाजवाद तथा क्युवाली क्रान्तिको पक्षमा लेख्दै आउनुका साथै एक्येवद्धता आन्दोलनमा समेत सहयोग पु¥याउँदै आउनुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img