spot_img
spot_img
spot_img

रुपन्देहीको भैरहवाबाट विभिन्न माला बरामद

spot_img

भैरहवा। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मायाँदेवी गाउँपालिका वडा नं. ६ बेथरीबाट अबैध रुपमा भन्सार छली बसमा नेपालतर्फ ल्याउदै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ। यही भदौ ११ गते सांझ ७ बजेको समयमा जिल्ला रुपन्देही स्थितबाट जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी बाट काठमाण्डौ तर्फ जादै गरेको जिल्ला रुपन्देही लुम्बिनी सांस्कृति नगरपालिका वडा नं. ९ बस्ने बर्ष ३८ को हरिराम हरिजनले चलाएको लु २ ख २१२० नं. को बसमा बाँया साईडको डिक्कीमा अबैध रुपमा लुकाई छिपाई राखी जिल्ला रुपन्देही लिम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १ बस्ने बर्ष २९ को धिरज कुमार कुर्मीले ५ बोरामा बिभिन्न प्रजातिका काठको ३७४२ थान माला ल्याउदै गरेको अवस्थामा फेला पारेकोजिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक सविता जि.सी.ले जानकारी दिनु भएको छ।

स्थानीय मानिसहरुको रोहवरमा बरामद गरिएका अबैध मालाहरु सहित बस, चालक र माला धनिलाई आवश्यक कारवाहीको लागी डिभिजन बन कार्यालय भैरहवा रुपन्देहीमा पठाइएको प्रहरी निरीक्षक सविता जि.सी.ले जानकारी दिनु भएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img