कपिलवस्तु
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले वडा स्तरमा “जनतासंग विशेष रूपांतरण अभियान”को देश भरि एकै पटक उद्घाटन गरेका छन। “जनतासंग विशेष रूपांतरण अभियान”मा बोल्दै प्रमुख अतिथि प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले नेकपा माओबादी केन्द्रले दलित, जनजाति, मुस्लिम, महिला, अल्पसंख्यक, मुस्लिम लगायतको हक अधिकार दिलाएको बताएक छन । १० बर्षे जनयुद्धमा योद्धाहरूले गरेको सहादत कसैले बिर्सिन नसक्ने बताउदै प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारलाई बढावा नदिने र अहिलेको जनतासंग विशेष रूपांतरण अभियानलाई माओबादी केन्द्र समर्थक सबैले जनताको मन मनमा माओबादीको ऐजेंडा पुर्याउनुपर्ने नेपालीले उल्लेख गरेका थिए।
नेपालीले जातिय भेदभाव हटाउन समेत माओबादीको विशेष पहल रहेको साथै दाइजो लिनु समेत भ्रष्टाचार रहेको बताए।
कार्यक्रममा सहिद परिवारका सदस्यलाई सम्मान गर्नुका साथै ५० भन्दा बढी व्यक्ति अन्य पार्टी छोडेर नेकपा माओबादी केन्द्र रोजेका नवआगन्तुकहरुलाई पार्टीमा स्वागत गरिएको आयोजकले जानकारी दिएको छ। विजयनगर गाँउ पालिका वडा नं ३ बाट अभियानको साहिद खानको अध्यक्षता, नुरुल कमर खान, सरिता अर्या, नगर कमिटीका पदाधिकारी, वार्ड कमिटीका पदाधिकारी, पार्टी समर्थक, पार्टी सदस्य लगायतको सहभागिता रहेको थियो।