रुकुम पश्चिम ।
रुकुम पश्चिममा खोलाले बगाउँदा दाजुबैनीको ज्यान गएको छ । चौरजहारी नगरपालिका– ६ घर्तिकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनालाई स्कुलबाट घर फकिँदा आइतबार खोलाले बगाएको थियो । खोलाले बगाएपछि खोज्दै जादा मनोजको शव १ सय ५० मिटर तल र भावनाको शव ८ सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??