काठमाण्डाै महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनुभएका उहाँको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) का कारण आज बिहिबार निधन भएको अस्पतालले जनाएको छ । रिजालको निधनमा भोलि महानगर र महानगरअन्तर्गतका सबै कार्यालयमा शोक बिदा दिइएको एक सुचना मार्फत जानकारी गराईएको छ ।
नेपाली कांग्रेस काठमाण्डाै क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजाल २०७९ सालमा भएको पालिका चुनावमा वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो। उहाँको श्रीमती र २ छोरा छन ।