spot_img
spot_img
spot_img

जापानले पनि चन्द्रमाको सतहमा यान अवतरण गराउने अभियान थाल्यो

spot_img

एजेन्सी ।

जापानले पनि चन्द्रमाको सतहमा यान अवतरण गराउने अभियान शुरु गरेको छ । आज बिहीवार बिहान जापानको स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन मिसन (स्लिम) सफलतापूर्वक प्रक्षेपण भएकाे अधिकारीहरूलाई उधृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

यो मिसन झन्डै पाँच महिनाभित्र अर्थात् आउँदो फेब्रुअरीमा चन्द्रमाको सतहमा अवतरण हुने सम्भावना छ। यस मिसनको प्रक्षेपणपछि भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले जापानलाई बधाई दिएको छ ।

यो मिसन सफल भयो भने जापान चन्द्रमाको सतहमा अवतरण गर्ने विश्वको पाँचौँ देश हुनेछ । अहिलेसम्म अमेरिका, रुस, चीन र भारतले मात्रै चन्द्रमामा आफ्नो मिसन सफलतापूर्वक अवतरण गरेका छन् । जापानको यो परियोजना १० करोड डलरको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img