काठमाडौँ ।
लम्की स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशु चौपायको मृत्यौ भएको तथ्यांक सार्वजनिक भएको छ । यस्तै लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले जानकारी दिनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाले हालसम्म उपचार पश्चात् १३ लाख ८३ हजार पाँच सय ९५ पशु निको भएको र अहिले बिरामी अवस्थामा ७३ हजार ६ सय ३६ पशु रहेको बताउनुभयो ।मन्त्री भुसालले लम्की स्किन रोगबाट पशु चौपाया बचाउन सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गर्नुभयो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??