काठमाण्डौ ।
सरकारले संविधान सभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गर्ने र अन्त्येष्टिका दिन सार्वजनिक विदा दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताउनुभयो । उहाँको पार्थिक शरीर श्रदाञ्जलीका लागि आज एमालेको पार्टी कार्यालय च्यासलमा राख्ने एमालेले जनाएको छ । नेम्वाङका छोराहरु विदेशबाट आइसकेपछि जुन दिन अन्त्येष्टि हुन्छ त्यसैदिन सार्वजनिक विदा दिइने निर्णय गरिएको होे ।