spot_img
spot_img
spot_img

लिबियामा ‘विनाशकारी’ आँधी र बाढीका कारण कम्तीमा २ हजार जनाको ज्यान गयो, हजारौँ बेपत्ता

spot_img

एजेन्सी ।

लिबियामा विनाशकारी आँधी र बाढीका कारण कम्तीमा दुई हजार जनाको ज्यान गएको छ । पूर्वी लिबिया सरकारका नेताले दुई हजारभन्दा बढी मानिसको ज्यान गएको र हजारौँ बेपत्ता भएको बताएका बीबीसीले जनाएको छ । लिबिया मामिलाका विज्ञ जलेलले बीबीसीलाई बताएअनुसार ज्यान गुमाउनेको सङ्ख्या हजारौँ पुग्न सक्छ । गएको आइतवार ड्यानियल आँधीका कारण सङ्कट उत्पन्न भएको हो । आँधीलाई ध्यानमा राख्दै पूर्वी लिबियामा कर्फ्यु जारी भएको छ भने विद्यालय र पसलहरू बन्द गर्न आदेश दिइएको खबरमा उल्लेख छ । डेरनाका दुई वटा बाँध पनि भत्किएको र त्यस क्षेत्रमा झन्डै १० हजार जना मानिस बस्ने अनुमान छ । डेरनाको पूरै क्षेत्र बगेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img