spot_img
spot_img
spot_img

नेपाली महिलाको हत्या आरोपमा भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल पक्राउ

spot_img

देहरादुन ।

भारतीय सेनाका एक अधिकारी नेपाली महिलाको हत्या आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेफ्टिनेन्ट कर्णेल रमेन्दु उपाध्याय रहेका छन् । उत्तराखण्डको देहरादुनमा पोस्टिङ रहेका उपाध्याय र नेपाली महिला श्रेया शर्माबीच पश्चिम बंगालको सिलिगुरीमा एक डान्सबारमा भेट भएको थियो । ३० वर्षीया शर्मा सिलिगुरीमा नै बस्दै आएकी थिइन् । देहरादुन प्रहरीका अनुसार दुईबीच प्रेम सम्बन्ध सुरु भएपछि उपाध्यायले शर्मालाई आफूसँगै देहरादुन लिएर आएका थिए । शर्माको शव सोमबार सिर्वालगढ क्षेत्रमा शङ्कास्पद अवस्थामा फेला परेको थियो । प्रहरीले २४ घण्टाभित्र नै अपराधीलाई पक्राउ गर्न सफल भएको जनाएको छ । पहिले नै विवाहित रहेका उपाध्यायलाई विवाह गर्न दबाब दिएपछि शर्माको हत्या भएको प्रहरीको भनाई छ । उपाध्यायलाई उनकै निवासबाट पक्राउ गरिएको थियो ।

डान्सबारमा भेटपछि दुई जनाको अफेयर तीन वर्ष चलेको थियो । देहरादुनमा उपाध्यायको पोस्टिङ भएपछि उनलाई सँगै त्यहाँ लगेर कोठा लिएर राखेका थिए । शनिबार एक क्लबमा रक्सी पिएर दुवै जना लामो ड्राइभमा हिँडेका थिए । सहरभन्दा टाढा एकान्त ठाउँमा पुगेपछि राति करिब १ः३० बजे उनले कार रोकेर हथौडाले महिलाको टाउको हिर्काउन थालेका थिए । शर्माको मृत्यु भएपछि उपाध्यायले उनको शवलाई सडक छेउमा फालेर फरार भएका थिए । प्रहरीसँगको बयानमा उनले शर्मासँग आफ्नो विवाहइत्तर सम्बन्ध रहेको र उनले विवाह गर्न दबाब दिएकै आधारमा हत्या गरेको स्वीकार गरेका छन् ।

एजेन्सी ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img