spot_img
spot_img
spot_img

नेपाल शिक्षक महासंघको आन्दोलनमा कसैले हस्तक्षेप गरे प्रतिवाद गर्ने चेतावनी

spot_img

काठमाडौं ।

नेपाल शिक्षक महासंघले आन्दोलनमा लागेबापत कसैले कारबाही गरे प्रतिवाद गर्ने चेतावनी दिएको छ । काठमाडौं महानगरपालिकाले महानगरका सामुदायिक विद्यालयहरुलाई बन्द गर्ने प्रधानाध्यापक र हाजिर नगर्ने शिक्षकहरुलाई कारबाही गर्ने सूचना जारी गरेको केहीबेरपछि नै महासंघले प्रतिवाद गर्ने चेतावनी दिएको हो । महासंघका अध्यक्ष राजेन्द्र अधिकारी र सचिव हेरम्बराज कँडेलले एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा सहभागी भएबापत कोही कसैले कारबाही गरेमा त्यसको महासंघको नेतृत्वमा सामूहिक रुपमा गरिने प्रतिवाद प्रतिवद्धता व्यक्त गरेका हुन् । संसद र कर्मचारी संयन्त्रले बनाएका गलत र प्रतिगामी नीति र रबैयाले सार्वजनिक शिक्षा ध्वस्त हुँदै जाने र यसको दोष चाहिँ सधैं शिक्षकले बोक्नुपर्ने नियतिको हामी सदाको लागि अन्त्य गर्न चाहन्छौं र यसको लागि यस पटकको आन्दोलन निर्णायक र अन्तिम बनाउन चाहन्छौं’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल शिक्षक महासंघले आन्दोलनको समयमा छुटेका पढाइ आन्दोलनको सफलतापछि अतिरिक्त कक्षाहरुबाट परिपूर्ति गरिने प्रतिवद्धता पनि व्यक्त गरेको छ । शिक्षकहरुको हकहित र नेपालको सार्वजनिक सुधारको लागि गरिएको यो आन्दोलनलाई समर्थन गरी साथ दिनुहुन विद्यार्थी, अभिभावक, शिक्षाविद, राजनीतिक दललगायत सरोकारवाला सबैलाई अनुरोध गर्दर्छौं’, महासंघले आग्रह गरेको छ । काठमाडौं महानगरले आजै साँझ विज्ञप्ति जारी गरी महानगरका विद्यालय बन्द गरिए कारबाही गर्ने दोहोर्याएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img