काठमाण्डौ ।
चालु आर्थिक वर्ष २०८०र८१ को २ महिनामा नेपाल विद्युत् प्राधिकरणले ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको बिजुली भारतीय बजारमा निर्यात गरेको छ भने २ महिनामा ३ अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँको बिजुली निर्यात भएको छ । साउन र भदौमा भारत निर्यात गरिएको बिजुलीको प्रतियुनिट औसत बिक्री दर क्रमशः ८ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा छ । २ महिनाको समग्र औसत बिजुली बिक्री दर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली भारत निर्यात गर्दै आएको छ ।